Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

नेपाल बार एशोसिएशनले ६७औँ स्थापना दिवस मनायो

नेपाल बार एशोसिएशनले ६७औँ स्थापना दिवस मनायो

  • काठमाडौं । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले आज ६७औँ स्थापना दिवस शुभकामना आदान–प्रदान तथा चियापान गरी मनाएको छ ।

    images
    images
    images

    उक्त कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हा, न्यायाधीश सपना मल्ल प्रधानलगायत बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताको उपस्थिति रहेको थियो ।

    बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले कानुन दिवसका अवसरमा सम्पूर्ण कानुन व्यवसायीलाई शुभकामना दिँदै स्वतन्त्र, सक्षम तथा जनउत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि बारले काम गर्दै आएको बताउनुभयो ।

    बार एशोसिएशनले प्रत्येक वर्ष पुस ७ गते स्थापना दिवसका अवसरमा चियापन कार्यक्रम गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij