Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

१९ जनाको थाप्लोमा तीनवटा बैंकको २५ लाख ऋण

१९ जनाको थाप्लोमा तीनवटा बैंकको २५ लाख ऋण

  • काठमाडौँ । ६४ वर्षीय उखु किसान नारायण राय यादवको आन्दोलनकै क्रममा मृत्यु भएपछि परिवारका सदस्य बिचल्लीमा परेका छन्। सर्लाहीको धनकौल गाउँपालिका–७ का यादवको परिवारमा १९ जना छन्। तीन बैंकको २५ लाखभन्दा बढी ऋण रहेको यादवका जेठा छोरा सीयाराम रायले बताए।

    onlinepatrika
    Arghakhachi

    ‘ऋण भए पनि बुवा हुँदा हामीलाई कुनै चिजको चिन्ता थिएन। बुवाले नै घरव्यवहार चलाउनुहुन्थ्यो। अब हामी अभिभावकविहीन बनेका छौं’, सीयारामले भने।

    AGNI GROUP


    सीयारामका अनुसार उनका बुवा नारायणले खेती गर्न र ट्र्याक्टर किन्न तीन वटा बैंकसँग ऋण लिएका हुन्। ‘सर्लाही सदरमुकाम मलंगवाका द–सहाराबाट १४ लाख, सहारा विकासबाट ५ लाख र गाउँकै सवलम्बन सहकारीबाट ६ लाख ऋण लिनुभएको थियो’, उनले भने, ‘द–सहाराबाट बुवाको नाममा ७ र मेरो नाममा ७ लाख ऋण छ। गाउँको सहकारीबाट बुवाले मेरो र कान्छो भाइ जियालालको नामबाट ३/३ ऋण निकाल्नुभएको थियो।’

    बुवा नै बितेपछि कसरी ऋण तिर्ने भन्ने चिन्ता थपिएको उनले सुनाए। सहारा विकासको ऋण बुवाकै नाउँमा रहेको उनको भनाइ छ।


    उनका अनुसार धनकौलस्थित अन्नपूर्ण सुगर मिलबाट उखुको बक्यौता २४ लाख रुपैयाँ उठाउन बाँकी छ। उद्योगले पैसा दिए ऋण तिर्न सकिन्थ्यो। ‘०७३/७४ को २ लाख र ०७४/७५ को २२ लाख बाँकी छ। उखु दियौं तर उद्योगीले पैसा सट्टा बुवाको ज्यान लिए’, उनले भने, ‘उद्योगीले समयमा पैसा दिएको भए हामी टुहुरा हुँदैनथ्यौं। उद्योगीका कारण हाम्रो परिवार अहिले बर्बाद भएको छ।’

    यो परिवारले खेत बेचेर भए पनि ऋण तिर्नुपर्ने अवस्था छ। दिनानुदिन बैंकको ब्याज बढ्दो छ। जसरी भए पनि ऋण तिर्न पाए हुन्थ्यो भन्ने छ । तर, पैसा नै नभएपछि कसरी तिर्नु ? ‘खेत पनि बागमती नदीको बगरमा छन्’, सीयारामले भावुक हुँदै भने, ‘कुनै वर्ष उब्जनी हुन्छ, कुनै वर्ष बाढीले सखाप बनाउँछ।’ खेतको भाउ पनि त्यति राम्रो छैन। सस्तोमा बेच्नुपर्ने बाध्यता छ। सबै खेत बेच्दा पनि ऋण तिर्न सकिँदैन।’

    घरमा तीन दाजुभाइ छन्। आर्थिक अवस्था कमजोर भएका कारण पढाइलेखाइ गर्न नसकेको उनको भनाइ छ। ‘सबै जना कृषिमै लागेका छौं। १९ जनाको परिवार छ। जसोतसो परिवार पाल्नुपरेको छ’, उनले भने। अन्नपूर्ण पोस्टमा खबर छ ।



    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट