Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । प्रहरीले श्रीमानको हत्या गरेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-३० शिशुवा घर भई तनहुँ शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोल बस्ने ३६ वर्षीया शुसिला बिक रहेका छन् ।
४० वर्षीय मन बहादुर नेपालीको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा शुसिलालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण शुसिलाले श्रीमानको टाउकोमा ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।
ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गम्भीर घाइतेलाई उपचारको लागि जिपी कोईराला राष्ट्रिय श्वास-प्रश्वास उपचार केन्द्र बेलचौतारामा पठाएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij