
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिका–५ को एउटा गोठमा मंगलबार आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ । आगलागीमा परेर मानिस र चौपाया घाइते भएका छन् ।
विद्युत सर्ट भई स्थानीय भीमप्रसाद ढकालको गोठमा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगो निभाउने क्रममा स्थानीय मनोज ढकाल घाइते भएका छन् । घाइते भएका ढकालको स्थानीय क्लिनिकमा उपचार गराइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जनाएका छन् ।
स्थानीय, प्रहरी र दमकलको सहयोगमा राति ११:५० बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij