
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ महानगरपालिका बौद्ध, जोरपाटी क्षेत्रका चार सहकारी संस्थाले बचत फिर्ता गर्न नसकी कार्यालय बन्द गरेको छ । बौद्धको सुमो बचत, गोकर्णेश्वरको मुक्ति बचत, गोकर्णेश्वरकै मञ्जुश्री बचत र स्वर्णलक्ष्मी बचतले बचतकर्ताको बचत फिर्ता गर्न नसकी कार्यालय बन्द गरेका हुन् । स्वर्णलक्ष्मी सहकारीले त बोर्ड पनि हटाएको प्रहरी बिट जोरपाटीले जनाएको छ । मुक्ति सहकारी संस्थाका बचतकर्ताले संस्थाका पदाधिकारी र सञ्चालकलाई वडा कार्यालयमै लगेर पैसा फिर्ता गर्ने सहमति गराएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij