
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजिनामा दिएकी छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् ।
तर, काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो ।
काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले डा. कार्कीले आइतबार काउन्सिलमा आएर राजिनामा बुझाएको पुष्टि गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij