Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको छ। आज ९सोमबार० सूनको मूल्य बढेर ९९ हजार ९०० रुपैयाँ पुगेको हो।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ४०० रुपैयाँ बढेर सोमबार छापावाल सुनको मूल्य ९९ हजार ९०० रुपैयाँ प्रतितोला पुगेको हो। यस्तै, तेजाबी सुनको मूल्य ९९ हजार ४०० रुपैयाँ प्रतितोला पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। तोलामा १५ रुपैयाँ बढेर सोमबार चाँदी प्रतितोला १ हजार ३८५ पुगेको छ। यसअघि आइतबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij