
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । सशस्त्र प्रहरी बलमा नयाँ दरबन्दी थप्न प्रस्ताव गरिएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गृह मन्त्रालयमा दरबन्दी थप्नुपर्ने प्रस्ताव पठाएको छ ।
सशस्त्रमा ४ हजार २ सय नयाँ दरबन्दी थप्न प्रस्ताव गरिएको सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले जनाएका छन् । कुन दर्जामा कतिवटा पद थप्न प्रस्ताव गरिएको छ, सोबारे खुलाइएको छैन । गृहबाट सशस्त्रमा दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ ।
सशस्त्र प्रहरीमा अहिले ३६ हजार भन्दाबढी दरबन्दी कायम छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij