Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मेक्सिकोका प्रशिक्षकले दिए राजीनामा

मेक्सिकोका प्रशिक्षकले दिए राजीनामा

  • मेक्सिकोका प्रशिक्षक गेराडो मार्टिनोले फिफा विश्वकप २०२२ बाट बाहिरिएसँगै पदबाट राजीनामा दिएका छन्। बुधबार भएको खेलमा साउदी अरेबियाविरुद्ध जित हात पारेको भए पनि गोल अन्तरको आधारमा पोल्याण्ड माथिल्लो चरणमा प्रवेश गरेको थियो।

    onlinepatrika
    Arghakhachi

    मार्टिनोको टोलीले विश्वकपको समूह चरणका सुरुवाती दुई खेलमा केवल १ अंक हात पारेको थियो। समूह चरणमा मेक्सिकोले पोल्याण्डसँग बराबरी खेलेको थियो भने अर्जेन्टिनासँग पराजित भएको थियो। खेलपछि न्युज कन्फरेन्समा बोल्दै मार्टिनोले मेक्सिको बाहिरिएसँगै आफ्नो मेक्सिकोको फुटबल संघसँगको सम्झौता पनि सकिएको बताएका हुन्।

    AGNI GROUP

    सन् १९९० पछि मेक्सिको पहिलोपटक विश्वकपको नकआउट चरणमा पुग्न असफल भएको हो। विश्वकपमा सहभागी भएर पनि समूह चरणमा नपुगेको भने यो सन् १९७८ यताको पहिलो हो। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij