Logo

Jul 18 2025 | २०८२, साउन २ गते

Jul 18 2025 | २०८२, साउन २ गते

नोट छपाइका लागि भारतीय कम्पनीलाई ठेक्का

नोट छपाइका लागि भारतीय कम्पनीलाई ठेक्का

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ ।

    images
    images
    images

    नोट छपाइका लागि भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई ठेक्का दिन लागिएको हो ।

    images

    उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र राष्ट्र बैंकले जारी गरेको छ । गत सेप्टेम्बरमा अन्तर्राष्ट्रिय बोलकबोल प्रतिस्पर्धाबाट कम्पनी छनोटका लागि नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ठेक्का प्रस्ताव आह्वान गरेको थियो ।

    जसमा ब्राजिल, चीन र फ्रान्सका कम्पनीले पनि प्रस्ताव हालेकामध्ये आर्थिक र प्राविधिकरूपमा उपयुक्त रहेको भन्दै भारतीय कम्पनी छनोटमा परेको हो । भारतीय कम्पनीले नै नोटको डिजाइन, छपाइ र ढुवानीको काम गर्नेछ ।

    जसबापत भारतीय कम्पनीले एक करोड ११ लाख ३४ हजार पाँच सय छ अमेरिकी डलर (बुधबारको विदेशी विनिमय दरअनुसार रु एक अर्ब ४५ करोड ८६ लाख २० हजार) बराबर कबोलेको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij