
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली कर्मचारीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गर्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोरखाको सहिद लखन गाउँपालिका–४ का बुद्धिमान परियार रहेका छन् । बजारमा ठगी गरेको भन्ने सूचना पाएपछि बागलुङ नगरपालिका–३ गुठी स्थित प्रशासन कार्यालय परिसरबाट परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारीले जानकारी दिए ।
प्रहरीले निजामती कर्मचारीको पोसाकसहित विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्रहरू र आकाशचन्द्र परियार प्रशासकीय अधिकृतको रबर छाप बोकिरहेको अवस्थामा फेला पारेको प्रहरी नायब उपरीक्षकले बताए ।
परियार बसेको होटलको कोठामा गई खानतलासी गर्दा विभिन्न सरकारी कार्यालयका छाप र दस्तखत भएका पत्र, विभिन्न कार्यालयका छापहरू, ल्यापटप, नगद रु ६३ हजार, पेनड्राइभ लगायतका दसीका सामान फेला पारेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij