
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लि.को तेह्रौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । फुलचोकी बैक्वटस् ठेचोमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईको प्रमुख आतिथ्यतामा भएको हो ।
साथै, अजय मालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । उपाध्यक्ष रत्न काजी माली, सचिव ऋषी महर्जन र कोषाध्यक्षमा राजुमाली रहेको छ । संचालक समितिमा राधिका महर्जन, बैकुण्ड माली र राजेन्द्र माली रहेको छ ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा सपना माली, सदस्यहरूमा बिकास माली र बिनिता माली चयन हुनु भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij