Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । ललितपुरको व्यस्त सडकमा नगर प्रहरी बल सक्रिय भएका छन् । ट्राफिक प्रहरी चुनावी मैदानमा खटिएपछि सडकमा नगर प्रहरी बल सक्रिय भएका हुन् ।
'ट्राफिक प्रहरी नहुँदा सवारीसाधन आवागमन अव्यवस्थित भएको जानकारी आयो ।' ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले भने, ‘मैले तत्कालै बलका प्रमुख सिताराम हाछेथुलाई सडकमा नागरिकलाई कठिनाई नहोस् भनेको छु ।'
मेयर महर्जनको निर्देशनमा बलका प्रमुख सिताराम हाछेथुले ललितपुरका व्यस्त सडकमा नगर प्रहरीको टोली खटाएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij