
Apr 30 2025 | २०८२, वैशाख १७ गते
कविता- बाल पुकार
आजका बालबालिका
हुनेछौँ युवा भोलिका
अन्धकारमा चम्किन्छौँ
विकासपथमा लम्किन्छौँ ।।
स्वस्थ भई हामी बढ्नु छ
लेख्नु छ धेरै पढ्नु छ
भत्केको घर टाल्नु छ
शिक्षाको ज्योति बाल्नु छ ।।
खोज्नु छ हक अधिकार
बन्नु छ आफै स्वरोजगार
गर्नु छ सेवा स्वदेशको
माया छ भाषा र भेषको ।।
आमा बुबा दिदी दाइ
बढाऔँ अघि युवालाई
शासक समाज फेर्नु छ
देशले हाँसेको हेर्नु छ ।।
भोट हाल्ने दिन मंसिर ४
नगरौँ गलती बारम्बार
सक्षम व्यक्ति दल छानौँ
होसियार भई छाप हानौँ ।।
– नरिश्वर गौतम
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij