Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

तोसिमाको मुद्दामा बहस सकियो

तोसिमाको मुद्दामा बहस सकियो

  • काठमाडाैं । प्रतिनिधिसभातर्फ ललितपुर-३ की राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजी सम्बन्धमा परेको भ्याकेट रिट निवेदनमा सर्वोच्च अदालतमा बहस सकिएको छ । उनको उम्मेदवारी कायम रहने वा नरहने विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

    images
    images
    images

    मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो ।

    अन्तरिम आदेशपछि कार्की आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा टोलीसहित घरदैलोमा व्यस्त छिन् । तर अन्तरिम आदेशविरूद्ध आयोगकाे तर्फबाट सचिव गोकर्णमणी दुवाडीले कर्कीकाे उम्मेदवारी कायम रहन निमल्ने भन्दै भ्याकेट निवेदन दिएपछि त्यसमाथि सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भएको हो । आजै कार्कीको उम्मेदवारी कायम राख्ने कि अयोग्य घोषणा गर्ने फैसला आउने भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij