Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आजबाट नेप्सेको नयाँ वेबसाइट

आजबाट नेप्सेको नयाँ वेबसाइट

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्जको पुरानो वेबसाइट शुक्रबारबाट बन्द भएको छ। नेप्सेले सूचना जारी गर्दै नेप्सेको पुरानो वेबसाइट https://nepalstock.com/ मा अब उप्रान्त कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने जनाएको हो।

    onlinepatrika
    Arghakhachi

    यससँगै अब नेप्सेको नयाँ वेबसाइट https://www.nepalstock.com.np आज अर्थात आइतबारबाट पूर्णरुपमा सञ्चालनमा आउने छ। हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिँदै आएको नेप्सेको नयाँ वेबसाइट आइतबारबाट सञ्चालनमा आउन लागेको हो।

    AGNI GROUP

    नयाँ वेबसाइट पूर्ण रुपमा सञ्चालनमा आउन लागेकोले नेप्सेले यसअघि नै सम्पूर्ण सुचीकृत कम्पनीहरुलाई नयाँ वेबसाइटको लागि लगइन आईडी लिनको लागि आग्रह गरेको थियो।

    नेप्सेले सञ्चालन गरेको नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) को लगइन आइडी नलिएका सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेले कार्तिक २५ गते भित्र नै अनिवार्यरुपमा नट्सको लगईन आइडी लिईसक्न आग्रह गरेको थियो।

    नेप्सेका अनुसार कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेवसाइटबाट सार्वजनिक गर्नका लागि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको नट्सको लगईन आइडी अनिवार्य चाहिन्छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij