
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडाैं । नेपाल स्टक एक्सचेन्जको नयाँ वेबसाइट कार्तिक २७ गतेबाट सञ्चालनमा आउने भएको छ । नेप्सेले सूचना जारी गर्दै नयाँ वेबसाइट https://www.nepalstock.com.np/ आइतबारबाट सञ्चालनमा आउने जानकारी दिएको छ ।
नेप्सेले पुरानो वेबसाइट http://www.nepalstock.com/ भने पूर्ण रुपमा बन्द भएको जनाएको छ । उक्त वेभसाइटमा कुनै तथ्यांकहरू अद्यावधिक हुँने छैन । नेप्सेका अनुसार कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेवसाइटबाट सार्वजनिक गर्नका लागि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको अनलाइन ट्रेडिङ सिस्टम (नट्स)को लगईन आइडी अनिवार्य चाहिन्छ ।
कार्तिक २७ गतेपछि सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेवसाइटबाट मात्रै सार्वजनिक हुने र पुरानो वेवसाइट अर्न्तगतका सम्पूर्ण लगइन आईड खारेज हुने नेप्सेले जनाएको छ । सूचीकृत कम्पनीहरुले सूचना तथा विवरणहरु तोकिएको समयभित्र सम्प्रेषण गर्न नसकेमा प्रचलित प्रावधान अनुसार भई जाने समेत नेप्सेले प्रष्ट पारेको छ ।
नयाँ वेबसाइट पूर्ण रुपमा संचालनमा आउँन लागेकोले नेप्सेले यस अघि नै सम्पूर्ण सुचिकृत कम्पनीहरुलाई नयाँ वेबसाइटको लागि लगइन आईडी लिनको लागि आग्रह गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij