
May 23 2025 | २०८२, जेठ ९ गते
ललितपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ललितपुर ३ बाट उम्मेदवारी दिएकी डा. तोसिमा कार्की आफ्नो उम्मेदवारी आयोगले खारेज गर्नु अन्यायपूर्ण भएको भन्दै अदालत जाने बताएकी छिन् ।
शनिबार आयोगले उनले लाभको पदमा रहेको भन्दै उनको उम्मेदवारी खारेज गरेको थियो ।आयोगको यो निर्णयलाई उनले शंकास्पद भनेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएकी डा. तोसिमाले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा नदिइ उम्मेदवारी दिएकी थिइन् ।
उनले आफ्नो पक्षमा माहोल बनेकाले आयोगको यस्तो निर्णय आएको हुनसक्ने आशंका व्यक्त गरेकी छिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij