Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचनमा शान्ति सुरक्षाको तयारी

निर्वाचनमा शान्ति सुरक्षाको तयारी

  • काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा शान्ति सुरक्षाको तयारीबारे सुरक्षा निकायका प्रमुख-प्रतिनिधिहरुसँग छलफल गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    सुरक्षा व्यवस्थामा आपसी सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिँदै आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुङ्गेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताए ।

    AGNI GROUP

    सो छलफलमा शान्तिसुरक्षाको वर्तमान अवस्था, विगतको निर्वाचनको सुरक्षा अनुभव, आगामी निर्वाचनमा आउनसक्ने सुरक्षा चुनौती र भइरहेको सुरक्षा तयारीको बारेमा सुरक्षा निकायका प्रमुख-प्रतिनिधिहरुले जानकारी गराएका थिए ।

    छलफलमा नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्याल एवं सुरक्षा निकायका अधिकृत तथा आयोगका कर्मचारीहरूको उपस्थिति थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij