
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा शान्ति सुरक्षाको तयारीबारे सुरक्षा निकायका प्रमुख-प्रतिनिधिहरुसँग छलफल गरेको छ ।
सुरक्षा व्यवस्थामा आपसी सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिँदै आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुङ्गेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताए ।
सो छलफलमा शान्तिसुरक्षाको वर्तमान अवस्था, विगतको निर्वाचनको सुरक्षा अनुभव, आगामी निर्वाचनमा आउनसक्ने सुरक्षा चुनौती र भइरहेको सुरक्षा तयारीको बारेमा सुरक्षा निकायका प्रमुख-प्रतिनिधिहरुले जानकारी गराएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij