Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कविताः तिहार

कविताः तिहार

  • कविताः तिहार

    onlinepatrika
    Arghakhachi

    ढकमक फूलले, ढाके फूलबारी
    झिलिमिली बत्ती बले घर आँगनभरि
    गाउँ सहर सबैतिर, उमङ्गको बहार,
    आहा! कति रमाइलो, हाम्रो पर्व तिहार ।।

    AGNI GROUP

    चारैतिर हरियाली छ, हट्यो धूलो मैलो,
    आऊ साथी सब‌ै मिली, खेलौँ द्यौसी भैलो
    जुटौँ सबै एकतामा हिमाल तराई पहाड
    यही हो मेरो सबैभन्दा, रमाइलो चाड ।।

    कागपूजा, कुकुरपूजा, लक्ष्मी अनि गाईको 
    गोबर्धनको पूजापछि, पालो दाजु भाईको
    सबैतिर सुखशान्ति, असल उच्च भावना
    सबैलाई छ दीपावलीको, शुभ कामना ।।

    - नरिश्वर गौतम

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij