Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वार्षिक उत्सवको अवसरमा सिटिजन लाइफले साप्ताहिक कार्यक्रम गर्दै

वार्षिक उत्सवको अवसरमा सिटिजन लाइफले साप्ताहिक कार्यक्रम गर्दै

  • काठमाडौँ । आउँदो कात्तिक २ गते सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको पाँचौँ वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्दैछ । सो अवसरमा कम्पनीले असोज ३१ गतेदेखि कात्तिक ६ गतेसम्मको सप्ताहव्यापी कार्यक्रम गरेर मनाउने भएका छन् । 

    onlinepatrika
    Arghakhachi

     आफ्नो वार्षिकोत्सवका अवसरमा विगत बर्षहरुमा जस्तै स्थानीयस्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिब, असहाय तथा वृद्धवृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाइलगायतका कार्यक्रम एवं विद्यार्थीलाई पोसाक, पुस्तक, स्टेसनरीलगायतका शैक्षिक सामग्री वितरण गरी मनाउने कम्पनीले जनाएको छ । 

    AGNI GROUP

    साथै कम्पनीले वार्सिकोत्सवका अवसरमा बीमाप्रतिको चेतना वृद्धि गर्न विद्यार्थीसँग बीमा कार्यक्रम, सडक र्याली, फेसबुक लाइभमार्फत इन्स्योरेन्स हाजिरीजबाफ प्रतियोगितालगायतका विभिन्न बीमा जागरण अभियान गर्ने योजना रहेको जनाएको छ । 

    त्यसैगरी हाल नेपालमा डेंगु रोगका कारण रगतको कमी भएकोले रक्तदान कार्यक्रम राख्दै विभिन्न नगरपालिका तथा संघसंस्थासँगको सहकार्यमा वृक्षरोपण, सरसफाइ, निःशुल्क स्वास्थ्य शिविर, कम्पनीका विभिन्न आन्तरिक कार्यक्रम लगायतका योजनाहरु रहेको कम्पनीले जनाएको छ ।

    कम्पनीको विशेष दिन सम्पूर्ण कर्मचारी र अभिकर्तासँगै आफ्नो छिमेकी र समाजप्रति उत्तरदायी भई योगदान गर्न पाउँदा सन्तुष्ट हुनुका साथै आपसी सहकार्य र स्फुर्ति बढाउने कम्पनीको विश्वास रहेको छ । कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने र समाजप्रतिको जिम्मेवारी पूरा गर्न सधैँ तयार रहने प्रतिबद्धता कम्पनीले जाहेर गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij