सानोठिमीबाट निकोसेरा तर्फ आउदै गरेको बा १ ज ९०६० नम्बरको ट्याक्सी र विपरित दिशातर्फ गईरहेको बा ३ प ५४४ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिँदा मोटरसाईकल चालक गम्भिर घाइते भएका थिए ।
उपचारको लागि उनलाई कोरियन अस्पताल ठिमीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि अन्नपुर्ण न्युरो अस्पताल माईतीघर पठाईएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ताले जानकारी दिएका छन् । मृत्यु हुनेमा नुवाकोट घर भई हाल काठमाडौं कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डित रहेका छन् ।
प्रहरीले दुर्घटनामा संलग्न दुबै सवारी साधन र ट्याक्सी चालक भक्तपुर नगरपालिका १० का ३९ वर्षीय सुन्दर गोर्खालीलाई नियन्त्रणमा लिएको छ।