Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शहरका घरधनीलाई उर्दी

शहरका घरधनीलाई उर्दी

  • काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्र सार्वजनिक रूपमा प्रयोग भइरहेका भवन तथा जग्गाको नाप-नक्सालगायत कागजात बुझाउन निर्देशन दिएको छ। 

    onlinepatrika
    Arghakhachi

    प्राधिकरणले सूचना जारी गर्दै सात दिनभित्र नाप-नक्सा लगायतका कागजात बुझाउन घर तथा जग्गा धनीहरूलाई निर्देशन दिएको हो।

    AGNI GROUP

    ‘काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण व्यापारिक भवन, संयुक्त आवास, सामूहिक आवास, सम्पूर्ण शिक्षण संस्था एवं स्वास्थ्य संस्थालगायत सार्वजनिक प्रयोग भइरहेका भवनका धनीहरूले नाप-नक्सालगायत कागजात प्राधिकरणलाई बुझाउन अनुरोध गर्दैछौं,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ। 

    उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यसहित शहरीकरणको मापदण्ड तय गर्ने र त्यसको कार्यान्वयन भए नभएको विषयमा निरीक्षण गर्ने, निषेध गर्ने र नियन्त्रण गर्ने समेत अधिकार प्राधिकरणलाई दिइएको छ। सोही अधिकारअनुसार प्राधिकरणले सार्वजनिक भवनहरू र जग्गाको नाप-नक्सा लगायत कागजात बुझाउन निर्देशन दिएको हो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij