Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुर र काठमाडौं महानगरलाई सित्तैमा सिटामोल वितरण

ललितपुर र काठमाडौं महानगरलाई सित्तैमा सिटामोल वितरण

  • काठमाडौं । डेगु रोग उच्च भएसँगै सरकारले ललितपुर र काठमाडौं महानगरलाई एक एक लाख सिटामोल सित्तैमा वितरण गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण बढेपछि काठमाडौं र ललितपुरका १४ स्थानीय तहसँगै यहाँका १६ अस्पतालमा पाँच लाख ५० हजार थान सिटामोल पठाएको हो । सित्तैमा वितरणका लागि यो सिटामोल उपलब्ध गराइएको हो ।

    AGNI GROUP

    स्वास्थ्य मन्त्रालयका अनुसार कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, बूढानीलकण्ठ, शङ्खरापुर नगरपालिका र ललितपुरको महालक्ष्मी र गोदावरी नगरपालिकालाई २०÷२० हजार थान सिटामोल उपलब्ध गराइएको छ ।

    साथै सशस्त्र प्रहरी बल अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, कान्ति बाल अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, प्रसूति गृह, वीर अस्पताल, नरदेवी आयुर्वेद अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल, पाटन अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र त्रिवि शिक्षण अस्पतालमा पनि सिटामोल उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij