
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । महालक्ष्मी नगरपालिका लुभुमा घरभित्रै पसेर लुटपाट गरिएको छ । विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो । प्रहरीका अनुसार घरभित्र प्रवेश गरी आफूहरु प्रहरी भएको र सुरक्षा जाँचका लागि आएको भन्दै तीन/चार जनाको समूहले लुटपाट गरेको हो ।
पाँच तोला सुन र ७० हजार रुपैयाँ नगद सो लुटेरा समूहले लुटेको जनाइएको छ । लुटपाटमा संलग्न भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij