Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

६ करोडको ऋणले बैठकमै बबाल

६ करोडको ऋणले बैठकमै बबाल

  • ललितपुर । ललितपुरमा संचालित एक सहकारीको बैठकमा संचालकहरुबीच वादविवाद भएको छ । सहकारीको कर्मचारी स्रोतका अनुसार कागजातको प्रक्रिया पूरा नहुँदै ऋण दिएको भन्दै अध्यक्षमाथि खनिएका हुन् ।

    images
    images
    images

    ललितपुरमै निर्माण हुँदै गरेको एउटा कम्लेक्समा कागजात पूरा भएको भन्दै ऋण उपलब्ध गराइएको थियो । तर, संचालकहरु मध्येका प्रधान थरका एक संचालकले यो थाहा भएपछि बैठकमा यो विषयमा बबाल भएको हो ।

    'तपाईँलाई हामीहरुले अध्यक्ष बनाएका हौं ।' एक संचालकले भने, ‘मनोमानी ढंगले किन ऋण दिनुभयो ? अब त्यो ऋण नउठे तपाईँले तिर्ने हो ?’ 

    अध्यक्षले भने संचालकहरुको कुरा सुनिरहे । यता सो सहकारीले ऋण लगानी गरेको कम्लेक्समा अहिले काम रोकिएको छ । कम्लेक्सका प्रमुख भने ऋण पास गराएर दुई महिनाअघि अमेरिका पलायन भएका छन् ।

    उक्त कम्लेक्समा ऋण लगानी गरिदिन पार्टीगत पावरसहित ललितपुरका एक चर्चित सहकारीकर्मीले फाइल बोकेर एक साता सो सहकारीमा धाएको सहकारीकर्मीहरुमा चर्चाको विषय बनेको छ ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij