
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । काठमाडौं महानगरपालिका–११ लसुनटारमा भएको आगलागीमा परेर ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय तेन्जी शेर्पा, संखुवासभा घर भई काठमाडौंको सुकेधारा बस्दै आएका ३२ वर्षीय अशोक राई र काठमाडौं–२६ रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएका छन् ।
त्यस्तै काठमाडौंको कपन बस्ने २८ बर्षीय कुशल बुढाथोकीको दायाँ हात, दुवै खुट्टा र अनुहारको दायाँ भाग जलेको छ, उनको चुनिखेल करुणा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कपनमा रहेको ३ तले घरमा खाना पकाउने ग्यास र अक्सिजन सिलिन्डर बिस्फोट भएर आगलागी भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ताका अनुसार रहेको छ ।
आगो निभाउनका लागि बौद्ध रामहिटीबाट, काठमाडौं महानगरपालिकाबाट, ललितपुर महानगरपालिकाबाट, भक्तपुर नगरपालिकाबाट, नेपाली सेनाबाट, नेपाल प्रहरीबाट, सशस्त्र प्रहरी बल नेपालबाट र त्रिभुवन विमानस्थलबाट गरी ९ वटा दमकल र १० वटा पानी ट्यांकरहरू परिचालन भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij