Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन निर्देशन दिएको छ । महानगरपालिकाले बुधबार ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएको हो ।
महानगरपालिका क्षेत्रभित्र नक्सा स्विकृतबिना, मापदण्डविपरित निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमणगरि निर्माण भएका स्लोप, टप, ¥याम्प र सिँढीलगायत संरचना हटाउन सूचनामा उल्लेख छ ।
त्यसैगरि, नक्सा स्विकृत गर्दा पार्किङ प्रयोजनमा स्विकृति लिएर अन्य प्रयोजनमा प्रयोग भएका संरचनालगायत सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरिएका संरचना तोकिएको अवधिभित्र सुधार गर्न वा हटाउन सूचित गराइएको महानगरका मेयर चिरीबाबु महर्जनले बताए ।
ललितपुर महानगरका नगर प्रहरी बल प्रमुख सिताराम हाछेथुले सूचनालाई अटेर गरे संरचना हटाउन कुनैपनि पावरको अघि नझुक्ने दावी गर्दै भने, ‘समय दिइएको छ, अवैध संरचना हटाएर सहयोग गरिदिनुहोला ।'
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij