
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौँ । भाइबर, म्यासेन्जर, ह्वाट्सएप, विच्याटजस्ता एपमा प्रलोभनयुक्त तरिकाले पुरस्कार परेको भनी म्यासेज पठाएर सेवाग्राहकीलाई अनलाइन ठगी गरेको प्राधिकरणले जनाएको छ ।
त्यस्ता म्यासेजमा राष्ट्रिय झण्डा, सरकारी कार्यालय तथा इन्टरनेट सेवा प्रदायकको लोगो दुरुपयोग गरिरएको हुनसक्ने प्राधिकरणको भनाइ छ र त्यसमा नझुक्किन आग्रह गरिएको छ । साथै, त्यस्ता प्रलोभनमा परी अपरिचित व्यक्तिलाई आफ्नो नाम, मोबाइल नम्बर, बैंक खाता लगायतको जानकारी नदिन आग्रह गरेको छ ।
'यस्ता प्रलोभनमा नपरी यससम्बन्धी म्यासेज र यससँग आउने लिंक नखोल्नु हुन र यस्ता गतिविधिबाट सचेत रही आफू नठगिन र अरूलाई पनि ठगिनबाट जोगाउन उपभोक्तालाई जानकारी गराइन्छ,' प्राधिकरणले बुधबार जारी गरेको सूचनामा भनिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij