
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा घटेको १०० रुपैयाँले घटेको हो ।
आज मंगलबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ पुगेकोे छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ कायम छ । यसअघि, विगत ३ दिनदेखि चाँदीको मूल्य स्थिर थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij