
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौँ । आज बिहिबार शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । अघिल्लो कारोबारको दिन करिब १२ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.१३ अंकले घटेर १९३७.७४ को बिन्दुमा झरेको छ।
आज ३४ लाख १ हजार ७६२ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ४ करोड ४४ लाख बढीको शेयर कारोबार भएको छ। नेप्से घटेसँगै ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले घटेर ३७६.८४ बिन्दुमा झरेको छ ।
आज कारोबारमा आएका २२७ वटा कम्पनीका ३४ लाख १ हजार कित्ता शेयर १ अर्ब ४ करोड ४३ लाख ७९ हजार रुपैयाँमा किनबेच भयो । बजार घटेसँगै १३ वटा उपसमूहका सूचकमध्ये ६ वटा उपसमूहका सूचक बढेका छन् भने ७ वटा उपसमूहका सूचक घटेका छन् ।
आज सर्वाधिक कमाउनेमा ग्लोबल आईएमई लघुवित्त र मल्टिपर्पाेज फाइनान्स रहेका छन् । उक्त कम्पनीको शेयर मूल्य ४ प्रतिशतभन्दा बढिले वृद्धि भएर प्रतिकित्ता १२८० रुपैयाँ र ३४३ रुपैयाँ कायम भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij