
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले बढ्दै ९३ हजार ८ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुनको मूल्य समेत आज तोलामा ८ सय रुपैयाँले नै बढ्दै ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले बढ्दै एक हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij