Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

 १५५ कम्पनी सूचीबाट हटे

 १५५ कम्पनी सूचीबाट हटे

  • काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १ सय ५५ कम्पनी सूचीबाट हटेका छन् । नेप्सेले मर्जर तथा प्राप्तिमा गएका तथा सूचीकरण शुल्क नबुझाई लामो समय कारोबारमा नआएका कम्पनीहरूलाई सूचीकरणबाट हटाएको ९डिलिस्ट गरेको० हो ।

    images
    images
    images

    डिलिस्टिङ भएका १ सय ५५ कम्पनीहरूमा ६ वटा वाणिज्य बैंक, ८० वटा विकास बैंक, ५५ वटा फाइनान्स कम्पनी, ७ वटा लघुवित्त, ३ वटा उत्पादन तथा प्रशोधन समूहतर्फका कम्पनी, एउटा निर्जीवन बिमा कम्पनी, एउटा हाइड्रोपावर कम्पनी, एउटा व्यापार कम्पनी र एउटा अन्य समूहका कम्पनी रहेका छन् ।

    सूचीकरणबाट हटेका अधिकांश मर्जर तथा प्राप्ति भएर अस्तित्वमा नरहेका बैंक तथा वित्तीय संस्थाहरू छन् भने त्यसबाहेक लामो समयदेखि सञ्चालनमा नरहेका कम्पनीहरू पनि छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij