Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

आजको राशिफल

आजको राशिफल

  • मेष
    आज समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

    images
    images
    images

    वृष 
    सानातिना समस्यामा अल्झनुपर्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्ध पनि सकारात्मक नै देखिन्छ ।

    मिथुन
    आज यात्रामा मालसामान हराउन सक्छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । नियमित खर्च र स्वास्थ्यमा खर्च बढ्नेछ ।

    कर्कट 
    आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।

    सिंह 
    महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला र यात्रा पनि हुनेछ ।

    कन्या
    शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको काम पुरा हुन पनि सक्छ ।

    तुला
    आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ ।

    वृश्चिक
    रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ र यात्रा पनि होला ।

    धनु
    भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति छाउनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

    मकर 
    ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ ।

    कुम्भ
    आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ ।

    मीन
    आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । वाहन र भूमिबाट लाभ पनि रहला ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij