Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

त्रिविले गर्याे सुरक्षा माग

त्रिविले गर्याे सुरक्षा माग

  • काठमाडौँ । केन्द्रीय कार्यालय परिसर विद्यार्थीहरूबाट असुरक्षित भएको भन्दै त्रिभुवन विश्वविद्यालयले सुरक्षाकर्मीको माग गरेको छ । विद्यार्थी सङ्गठनका नाममा  गुण्डागर्दीका क्रियाकलाप बढ्यो भन्दै त्रि. वि. ले  सरकारसँग शान्ति सुरक्षा माग गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    विद्यार्थीको केही समूहले तालाबन्दी,घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, विश्वविद्यालयको दैनिक काम कारबाही गर्दा बारम्बार कार्यालयमा जबरजस्ती प्रवेश गरी अवरोध सृजना गर्ने, पदाधिकारीको कार्यकक्षमा जबरजस्ती प्रवेश तथा तोडफोड गर्ने जस्ता कार्यहरू बारम्बार हुने गरेकोले गम्भीर भई सो व्यक्तिलाई कारबाही गर्न पनि माग गरेको छ । 

    AGNI GROUP

    जमलस्थित एक होटेलमा विश्वविद्यालयसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा निर्णय गर्न कार्यकारी परिषद्को बैठक बस्ने क्रममा नेपाल विद्यार्थी सङ्घको एउटा समूह पसेर अस्वभनिय व्यवहार गर्नुको साथै महत्त्वपूर्ण कागजात लुट्ने कार्य भएको पनि बताइएको छ ।

    त्रिविको विज्ञप्तिमा, पदाधिकारी तथा कर्मचारीहरूको भरपर्दो सुरक्षा अभावमा विश्वविद्यालय सञ्चालन गर्न कठिनाइ हुने भएकोले आफ्नो गरिमा कायम राख्नको लागि दुखद निर्णय लिन बाध्य हुने”समेत उल्लेख छ।tu.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij