Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । शुक्रबार देशभरी आंशिकदेखि सामान्य मौसम बदली रहने छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमा शाखाका अनुसार प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातमा भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका एक दुई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij