
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । बञ्चरेडाँडामा स्थानीयको अवरोध हटेको छ । आजदेखि फोहोर विसर्जन सहज भएको हो । अहिले सहज रुपमा फोहोरका गाडीहरु पुग्न थालेका छन् । काठमाडौ महानगरपालिका, स्थानीय बासिन्दासहित सरोकारवालाबीच सहमति भएपछि काठमाडौंबाट फोहोर बोकेका गाडी नियमित रुपमा बञ्चरेडाँडा पुग्न थालेका हुन् ।
बिहानैदेखि त्यहाँ फोहर विसर्जन भइरहेको र काठमाडौँबाट पनि गाडी पुगिरहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । यता बञ्चरेडाँडामा भएको अवरोधका कारण फोहर विसर्जन हुन सकेको थिएन । फोहर बोकेर पुगेको गाडीमा स्थानीयले ढुंगा प्रहार गरेको थियो ।
'ढुंगा प्रहार आधा दर्जन गाडीको शिशा फुटेको थियो ।' अनलाइन पत्रिकाको सम्पर्कमा आएका गाडी चालक भन्छन्, ‘शिशा फेर्न पनि निकै पैसा लाग्छ, कसले दिन्छ यसको क्षतिपुर्ति ?’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij