Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेप्सेमा २७ अंकको वृद्धि

नेप्सेमा २७ अंकको वृद्धि

  • काठमाडौँ । आज नेप्सेमा २७ अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) का अनुसार नेप्से सूचक २७.५६ अंकले वृद्धि हुँदै २०६८.२६ अंकमा बढेको हो । नेप्सेका अनुसार २७ अंकले बढेको बजारमा आज २ अर्ब ५ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ । १३ वटा उपसूचकहरु मध्ये आज सबै उपसूचक धनात्मक भएका छन्। सबैभन्दा बढी डेभलपमेन्ट बैंक समूहको उपसूचक ३.१७ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ३.०१ प्रतिशतले, हाइड्रोपावर समूहको उपसूचक २.९२ प्रतिशतले, माइक्रोफाइनान्स समूहको उपसूचक १.३२ प्रतिशतले बढेको छ । 

    images
    images
    images


    यस्तै, इन्भेष्टमेन्ट समूहको उपसूचक १.४५ प्रतिशतले, म्यानु एण्ड प्रो समूहको उपसूचक १.०५ प्रतिशतले बढेको छ । आज मन्दाकिनी हाइड्रोपावर र अप्पर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ भने दर्जन हाराहारीका कम्पनीको सेयर मूल्यमा ५ प्रतिशत माथिको वृद्धि भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij