Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

श्री नवतनधामको महन्त घोषणा

श्री नवतनधामको महन्त घोषणा

  • श्रीकृष्ण प्रणामी धर्मका धर्माचार्य अनन्तश्रीविभूषित जगद्गुरु आचार्यश्री कृष्णमणिजी महाराजश्रीले युवा सन्त स्वामी श्री १०८ पुरुषोतम महाराजलाई घोषणा गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पिता श्री गणेशप्रसाद धिमाल तथा माता श्री पूर्णकुमारी धिमालको कनिष्ठ सुपुत्रको रुपमा काठमाडाैँ जोरपाटिमा जन्मनु भई भौतिक शिक्षा स्नाकोत्तर, धार्मिक वा आध्यात्मिक शिक्षामा श्रीकृष्ण प्रणामी धर्मको आद्यधर्मपीठ श्री ५ नवतनपुरीधाममा रही बाणी बिशारद, भागवताचार्य, प्रणामी धर्मको सम्पूर्ण ज्ञान, गीता उपनिषदको ज्ञान हासिल गर्नु भएका छन् ।  महाराज श्रीकृष्ण प्रणामी सेवा आश्रम, शामलाजी, गुजरातको पनि महन्तको रुपमा कार्यरत हुनुहुन्छ । 

    AGNI GROUP

    उहांको प्रमुख संरक्षकत्वमा स्थापित सखी समूहका माध्यमबाट बृद्धबृद्धा तथा असहायहहरुलाई न्यानो लत्ताकपडा कम्वल वितरण, बालआश्रममा खाद्यान्न तथा स्टेशनरी वितरण, कोरोना कहरका समयमा खाद्यान्न वितरण तथा प्रधानमन्त्री राहतकोषमा रकम जम्मा गर्ने लगायतका विभिन्न सामाजिक सेवाका कार्यहरु गर्नु भएको थियो ।      

    महन्त घोषणा कार्यक्रममा उपस्थित जनसमुदायले कर्तल ध्वनीका साथ गरेको समर्थनबाट सबैको साथ र सहयोगमा अब श्री नवतनधामको गुरु योजना कार्यान्वयन तथा श्रीकृष्ण प्रणामी धर्मको विस्तार, प्रबर्धन र सम्बर्दन कार्य प्रभावकारी ढंगबाट अगाडि बढ्ने विश्वास लिइएको छ । 

    299338741_763214514925040_3172371416383108078_n.jpg

    299289024_502134825006468_3440518773998331561_n.jpg

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij