Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडाैँ । सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरूका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ।
उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, युएसडी इ-कार्ड(पहिलो टपअप) निःशुल्क जारी गरिनेछ।
साथै, लकर शुल्कमा ७५% छुट प्राप्त गर्न सक्नुहुनेछ। यसैगरी पहिलो पीओएस कारोबारमा १०% वा अधिकतम ५ सय रुपाैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिनेछ। यो योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागु हुने बैंकले जनाएकाे छ।
साथै, क्यासब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागु हुनेछ। यस बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम सञ्चालनमा रहेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij