Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । आगामी भदौ २५ गतेबाट हुने महिला साफ च्याम्पियनसिपका लागि थप ८ समितिको संयोजक मंगलबार तोकिएको छ । सो प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा रहेको मूल आयोजक समितिले विभिन्न समिति गठन गरेको छ। एन्फा कम्प्लेक्समा मंगलबार बसेको आयोजक समितिको बैठकले समिति गठन गर्दै सबै समितिमा संयोजकसमेत तोकेको हो। एन्फाले यसअघि नै प्रतियोगिताका लागि रवीन्द्र चन्दलाई भेन्यु म्यानेजर र विजय घलेलाई स्थानीय महासंयोजकमा नियुक्त गरिसकेको छ।
त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय प्रतिस्पर्धाको मार्केटिङ, प्रसारण र डिजिटल अधिकार समितिको संयोजकत्वमा दिनेश ब्यञ्जनकार सुरक्षा प्रमुख र सञ्जीव शिल्पकारले समन्वय गर्ने निधो भइसकेको छ। बैठकले प्रतियोगिताको टिकट अधिकारका लागि न्यूनतम २५ लाखको टेण्डर आह्वान गर्ने निर्णय पनि गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij