Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

अब खल्ती र क्यूएफएक्सबीच साझेदारी

अब खल्ती र क्यूएफएक्सबीच साझेदारी

  • काठमाडौं । अब खल्तीले मुभी टिकट खरिद अझ सजिलो बनाउनको लागि क्यूएफएक्स संग साझेदारी गरेको छ । खल्ती प्रयोगकर्ताले ५० सेकेन्डमै खल्ती मार्फत क्यूएफएक्सको मुभी टिकट खरिद गर्न सक्नेछन् । यो सुविधा विशेष खल्तीको एपमा मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

    images
    images
    images

    यसअघि क्यूएफएक्स को मुभी टिकट खरीद क्यूएफएक्स कै वेब साईट लग ईन गरि वा क्यूएफएक्स को एप बाट मात्र गर्न सकिन्थ्यो भने यो साझेदारी पश्चात खल्ती प्रयोगकर्ताले सिधै खल्ती एप मार्फत मुभी टिकट खरीद गर्न सक्नेछन् । साथै क्यूएफएक्स को एप वा वेब बाट पनि टिकट खरिद गरि खल्ती बाट पनि भुक्तानी गर्न सकिने जनाएको छ । 

    खल्ती एप भित्र गई आफूले हेर्न चाहेको मुभी, उपलब्ध क्यूएफएक्स हल, समय र सिट सजिलै छनौट गर्न सकिन्छ र आफ्नो टिकट खरिद गरे पश्चात क्यूएफएक्सको गोजी लोयल्टी पोइन्ट्स र खल्ती पोइन्ट्स पनि प्राप्त हुनेछ। साथै खल्तीमा आफ्नो बैंक लिंक गरि प्रयोगकर्ताले खल्ती लोड नगरी सिधै बैंक खाता बाटै भुक्तानी प्रक्रिया पुरा गर्न सक्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij