Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडाैँ । साउदी अरेबियामा चोरीको आरोपमा एक वर्षदेखि नेपाली युवा जेल जीवन बिताइरहेको पाइएको छ। महोत्तरी बर्दिबास-६ निवासी अमलेश साह कार्यरत कम्पनी छोडेर अर्को कम्पनीमा गएपछि बराक नसीर अल दोसरीले झुटो चोरीको आरोप लगाएको हो।
कम्पनीले सम्झौता बमोजिम तलब सुविधा नदिए पछि उनी बाध्य भएर कम्पनी छोड्दा सोही कम्पनीले पक्राउ गराएर एक वर्षदेखि जेलमा रहेको सामाजिक अभियन्ता सरोज रायले जानकारी दिए ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij