
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ‘नेप्से कर्मचारी संघको अध्यक्षमा नवराज थापा निर्वाचित भएका छन् ।
विहीबार रामशाहपथस्थित नेप्से परिसरमा रहेको सभा हलमा भएको निर्वाचनमा थापा संघको पहिलो अध्यक्षका रुपमा दुई वर्षका लागि निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृत गिरीराज दाहाल र श्रम कार्यालय प्रतिनिधि सुलभ श्रेष्ठको उपस्थितिमा उक्त निर्वाचन सम्पन्न भएको हो ।संघको उपाध्यक्षमा निरज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
संघको सचिवमा रेशमप्रसाद लामिछाने र कोषाध्यक्षमा सावित्रा केसी निर्वाचित भएका छन् । सदस्यमा मोना भुसाल, कृपा श्रेष्ठ र नितुकुमारी यादव निर्विरोध चयन भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij