Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । दाङको देउखुरीमा एक विद्यार्थी शिक्षकबाट निर्घात रुपमा कुटिएर गम्भीर घाइते बनेका छन् । राजपुर गाउँपालिका ३ खरदरिया निवासी १९ वर्षीय मन्साराम यादव आफ्नै शिक्षकबाट कुटिएका हुन् ।
जनज्योती मा.वि बेला कक्षा १२ मा अध्यनरत विद्यार्थी मन्साराम यादवसँग शिक्षक पाटेश्वर यावदकी छोरी यादवको प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि छोरीका बुवा शिक्षक पाटेश्वर यादवले योजनाबद्ध रुपमा निर्घात रुपमा कुटपिट गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
प्रहरीका अनुसार यादवलाई चिर्पट, लात्ति र मुक्काले निर्घात कुटपिट गरी गम्भिर घाइते बनाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij