
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेको छ । खोलाले कटान गरी आसपासका बस्तीमा पसेको हो । मंगलबार राती बाढी पसेपछि खोला आसपासका केही बस्ती डुवानमा परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । बाढीले करिब १०० घर प्रभावित भएका छन् भने केही फर्ममा क्षति भएको छ । चाँगुनारायण नगरपालिका-४ निलोपुल नजिक रहेको बंगुर फर्म बगेको छ ।
वडानम्बर १ दुवाकोट बेसी मनोहरा खोला किनारका २० वटा घर टहरा डुबानमा परेको र त्यहाँबाट चार जना नगरिकको उद्धार गरिएको प्रहरीले जनाएको छ।
यस्तै, मध्यपुर ठिमी नगरपालिका-२ मनोहरा खोला किनारमा रहेको कृषि फर्म डुवानमा परेको छ । त्यहाँबाट ५०० वटा हाँस, २०० वटा बंगुर र २ वटा गाई उद्धार गरिएको छ । एक अर्को फर्मबाट गिरिराज कुखुराका ४५ चल्ला बगाएको छ ।
वडानम्बर १ मा रहेको सुकुमबासी बस्तीमा रहेका ६० घर पनि डुबानमा परेका छन् । प्रहरीका अनुसार त्यहाँ सबै सुरक्षित रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij