Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

बर्ड फ्लू नियन्त्रणमा खटिने कर्मचारीलाई प्रोत्साहन रकम

बर्ड फ्लू नियन्त्रणमा खटिने कर्मचारीलाई प्रोत्साहन रकम

  • काठमाडौं  । अब बर्ड फ्लू नियन्त्रणमा खटिने कर्मचारी एवं श्रमिकले शतप्रतिशत प्रोत्साहन रकम पाउने भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले 'बर्ड फ्लू' नियन्त्रणका लागि खटाइएका कर्मचारी वा व्यक्तिलाई उपलब्ध गराइने प्रोत्साहन सुविधासम्बन्धी मापदण्ड-०७९ नेपाल राजपत्रमा प्रकाशित गरेको हो । जसअनुसार बर्ड फ्लू नियन्त्रणका लागि रोक नियन्त्रण कक्ष, प्रयोगशाला, आकस्मिक अन्वेषण, रेपिड रेस्पोस्स लगायत क्षेत्रमा खटिएका कर्मचारी वा व्यक्तिलाई शतप्रतिशत प्रोत्साहन सुविधाको व्यवस्था गरिएको हो । 

    images
    images
    images

    ती कर्मचारी वा श्रमिकले प्रतिदिन पाउने तलब वा ज्यालामा शतप्रतिशत आर्थिक सुविधा पाउनेछन् । त्यसबाहेक बिदाको दिन काम गर्नु परेमा थप शतप्रतिशत रकम पाउनेछन् । यसबाहेक ती कर्मचारीले खाना र खाजाको सुविधा पनि पाउने व्यवस्था मापदण्डमा कायम गरिएको छ । 

    images

    पशु सेवा विभाग, प्रदेशस्तरको कार्यालय वा स्थानीय तहबाट खटिने टोली प्रमुख,नियन्त्रण कक्ष प्रमुख र सूचना अधिकारीलाई यसबाहेक थप सुविधाको व्यवस्था गरिएको छ । उनीहरुले एक कामका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ सञ्चार खर्च पाउनेछन् । बर्ड फ्लू नियन्त्रणमा खटिएका कर्मचारीको स्वास्थ्य परीक्षण तथा औषधि उपचार खर्च सरकारले बेहोर्नेछ । औषधि उपचार खर्च बर्ड फ्लू नियन्त्रणमा खटिएका बेलाको मात्र हुनेछ । 

    त्यस्तै, कर्मचारी र दैनिक ज्यालादारीमा काम गर्नेको १० लाख रुपैयाँको जोखिम बीमाको व्यवस्था गरिएको छ । जोखिम बीमा नगरेको भए रोग नियन्त्रणका लागि खछिएको अवधि वा खटिएको अवधिले ४२ दिनभित्र सोही रोगका कारणले बिरामी भएमा निशुल्क उपचार वा मृत्यु भएमा परिवारजनलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराइने व्यवस्था कायम गरिएको छ। 

    मन्त्रालयले ‘बर्ड फ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका बस्तुको राहत दिने सम्बन्धी मापदण्ड–०७९’ नेपाल राजपत्रमा प्रकाशित गरेर किसानलाई क्षतिको ७५ प्रतिशत राहत रकम उपलब्ध गराउने बाटो खोलिसकेको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij