Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

फोहोरको गाडीमाथि बञ्चरेडाँडाका स्थानीयको आक्रोश

फोहोरको गाडीमाथि बञ्चरेडाँडाका स्थानीयको आक्रोश

  • काठमाडौं । विभिन्न कारण अवरोध हुँदै आएको फोहर व्यवस्थापन स्थानीयवासीले फेरि पनि रोकेका छन् । बञ्चरेडाँडाका स्थानीयले फेरी सडक हिलो र धुलो भएको भन्दै फोहोरका गाडी रोकेका छन् । माग राखेर धुनीबेँसी गाउँपालिका–१ का स्थानीयवासीले आइतबारदेखि उपत्यकाको फोहोर लैजान दिएका छैनन्। 

    images
    images
    images

    आइतबार र सोमबार फोहोर लिएर गएका ट्रकमाथि स्थानीयवासीले ढुङ्गा हानेका थिए । ढुङ्गा प्रहार गरेपछि फोहोरका गाडी फर्किएका थिए। काठमाडौं महानगरपालिकाले धादिङ प्रशासनसँग मङ्गलवारदेखि ल्यान्डफिल साइट क्षेत्र बन्चरेडाँडामा सुरक्षाको माग गरेको छ । यसअघि बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको थियो । हरेक दिन उपत्यकाबाट एक हजार २ सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको थियो ।

    images

    यसमध्ये सबैभन्दा बढी कामपामा ५ सय मेट्रिक टन फोहर निस्कने गर्दछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij