Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताएकी छिन् । संसद्द्वारा पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उनले यसो भनेकी हन् ।
विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चित मध्यावादीको प्रतीक्षा बिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक राष्ट्रपतिले पारित गर्नु हुँदैन भन्दै दिनहुँ नागरिक समाज तर्फका टोलीहरू शीतल निवास पुगिरहेका छन् ।
टोलीहरूसँग भण्डारीले नागरिकता विधेयक फिर्ता गर्ने संकेत गर्दै इतिहासमा समेत सच्याउन नसकिने काम गर्न नहुने बताउँदै आएकी छिन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij