Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा विहान ११ बजे सुरु हुनेछ ।
आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगबारे छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाअभियोगबारे छलफल हुने उल्लेख छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij